काठमाडौं, वैशाख १४– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संविधान संशोधन प्रस्ताव जबर्जस्ती पास गर्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाले स्थायी समितिको विहीबारको बसेको बैठकले संशोधन पारित हुनै नदिने निर्णय गरेको हो ।
एमालेसहितको विपक्षी नौ दलको गठबन्धनको विहीबार नै बसेका बैठकले पनि संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेको थियो ।
दलहरुको बैठकमा लचिलो देखिएको एमालेले पार्टीको स्थायी समितिको बैठकमा भने संशोधन कुनै पनि हालतमा असफल पार्ने निर्णय गरेको हो ।