Loading...

चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिले भोलिबाट आन्दोलन गर्ने

5:57 AM

काठमाडौँ, वैशाख १० – नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले आफुहरुलाई दलीय चुनाव चिन्ह नदिएको भन्दै भोलिबाट सरकार विरुद्ध आन्दोलन गर्ने बताएका छन् ।
निर्वाचन आयोगमा दलीय चुनाव चिन्हका विषयमा छलफल गर्न पुगेको भट्टराईले प्रमुख निर्वाचन आयुक्तसँगको छलफलपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
यद्यपी यो आन्दोलन कस्तो हुने भन्ने उनले स्पष्ट गरेनन् । दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बंचित गरिएको भन्दै नयाँ शक्तिसहितका ६८ दल आन्दोलनमा छन् । उसले यस अघि गत चैत्र २१ गते निर्वाचन आयोग घेराउको कार्यक्रम गरेको थियो । सो क्रममा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसहितका नेता कार्यकर्तालाई प्रहरीले १२ घण्टा आफ्नो नियन्त्रणमा राखेको थियो निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको थियो । बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो ।
त्यस वैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लगाउने , स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने, नयाँ शक्तिको विचार, सिद्धान्त र ५‘स’को अवधारणामा सहमत हुने शक्तिहरुसँग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुल्ला रहने रहने निर्णय गरेको थियो ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images