Loading...

रुपन्देहीमा दुई उद्योगमा आगलागी

6:22 AM

रुपन्देही । यहाँस्थित बियर र सिरक डसना उद्योगमा आज आगलागी भएको छ ।
साबिकको खड्गवनगाई गाविसमा रहेको टेन्सवर्ग बियर उत्पादक कं टाइगर ब्रुअरीमा आगलागी हुँदा करिब रु पाँच करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको अनुमान गरिएको छआगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको इप्रका बुटवलले जनाएको छ । बुटवल उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।
त्यस्तै अमरपथमा रहेको सिरक डसना उद्योगमा पनि आगलागी भएको र नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आउन बाँकी छ । बुटवल क्षेत्रमा गर्मीसँगै आगलागीका घटना बढ्दै गएका छन् ।
बुटवलको अधिकतम तापक्रम ४० डिग्री नाघिसकेको छ । बुटवलबाट पश्चिमतर्फको चुरे पहाडमा समेत मङ्गलबार रातिदेखि आगलागी भइरहेको छ ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images