Loading...

३९ किलो चरेशसहित दुई पक्राउ

6:12 AM

पाल्पा,  बैशाख १३– बसमा लुकाएर लैजादै गरेको अवस्थामा पाल्पा प्रहरीले तानसेनबाट ३९ किलो लागुऔषध चरेशसहित २ जना पक्राउ गरेको छ ।
बाग्लुङबाट बुटवलतर्फ जादै गरेको लु १ ख ५७३१ नम्बरको बसबाट बिशेष सुराकीको आधारमा प्रहरीले ३९ किलो लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा उवास घर भई हाल कपिलबस्तु बस्ने बर्ष ३३ का रादीपुरा रोका मगर र दाङ घर भई हाल बाकें कोहलपुर बस्ने बर्ष ३९ की मनकुमारी चलाउने रहेका छन् । मगरको साथबाट २३ केजी र चलाउनेको साथबाट १६ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश पण्डितले जानकारी दिए ।
चालकको सिट नजिकै १ र २ नम्बरको सिटमा उनीहरुले लुकाएर बुटवलतर्फ लैजादै गरेको प्रहरीले जनाएको छ ।

You Might Also Like

0 comments

Loading...

Like us on Facebook

Flickr Images